८ हजार ८ सयबढीको पीसीआर परीक्षण गर्दा २४६ जनामा कोरोना पुष्टि, १११ जना डिस्चार्ज
काठमाडौं । नेपालमा आइतबार २४६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ८ हजार ८६१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २० हजार ३३२ पुगेको छ। जसमध्ये १४ हजार ६०३ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा एक सय ११ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ। यस्तै जना क्वारेन्टिनमा १० हजार ९३४ रहेका छन् ।
नेपालमा कोरोनाबाट हालसम्म ५७ जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment