शेयर बजारमा ४२ अंकको गिरावट
काठमाडौं। गत साताबाट लगातार घटिरहेको शेयर बजार यस साताको पहिलो दिन उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आईतबार ४२.७८ अंकले घटेर १३९६.२८ अंकमा झरेको छ।
आइतबार बजारमा सबै समूहका परिसूचक घटेका छन्। म्युचुअल फण्ड बाहेक सबै समूहगत परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। सबैभन्दा बढी जीवन बीमा समुह २८३ अंकले ओरालो लागेको छ। यसैगरी बैंकिङ समुह ४१.४८, लघुवित्त ७६ र उत्पादमुलक समुहको परिसुचकमा ६६ अंकको गिरावट आएको छ।
बजार सूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ। बजारमा १८९ कम्पनीको ४६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment