सगुनले धितोपत्र बोर्डलाई पठायो पत्र, अमेरिकी कानुनअनुसार दर्ता भएको भन्दै बोर्डले तथ्य नबुझी सूचना निकालेको दावी

डिसी नेपाल
१९ साउन २०७७ २१:२८

काठमाडौं। अमेरिकामा दर्ता भएर सञ्चालन भएको सामाजिक सञ्जाल सगुन इन्कर्पोरेशनले नेपालको धितोपत्र बोर्डले तथ्य नै नबुझी आफूविरुद्ध सूचना प्रकाशित गरेको भन्दै बोर्डलाई पत्र लेखेको छ।

बोर्डले सगुनले नेपाल धितोपत्र बोर्डबाट शेयर कारोबारका लागि अनुमति नलिएको भन्दै त्यस्तो कारोबार नगर्न सार्वजनिक सूचना जारी गरेको थियो। त्यसको जवाफ दिँदै सगुनले नेपालमा रहेका नेपालीलाई शेयर कारोबारमै संलग्न नगारइएको र त्यसरी नेपालमा बस्ने नेपालीलाई शेयर कारोबार गर्न कुनै विज्ञापन नगरेको जनाएको छ।

सगुन अमेरिकामा अमेरिकी कानुनअनुसार दर्ता भएको संस्था हो। उसले नेपालमै बस्ने, इरान र उत्तर कोरियाबाहेकका नागरिक शेयर लगानी गर्न सक्ने जनाएको छ। गैरआवासीय नेपालीले सगुनमा शेयर लगानी गर्न सक्छन्।

द्वारा जारी गरिएको प्रेस बिज्ञप्ति

काठमाडौँ, श्रावन १९

Sagoon Inc.USA संयुक्त राज्य अमेरीकाको डेलावयर राज्यमा गैर आवासिय (प्रवासी) नेपालीहरुको सक्रियतामा स्थापना भई विश्व भर सामाजिक सञ्जालको रुपमा कार्य गर्दै आएको अमेरीकी कानून बमोजिम दर्ता भएको एक संस्था हो सामाजिक सञ्जालको रुपमा फैलिएको यस Sagoon Inc.USA संयुक्त राज्य अमेरीकाको धितोपत्र तथा विनिमय आयोग (US Securities and Exchange commission, SEC) बाट शेयर सम्बन्धी कारोवार गर्न अनुमति प्राप्त गरी सर्वसाधारणका लागि कारोवार गर्दै आईरहेको

नेपाल सरहद वाहेक विश्व भर रहेका गैरआवासीय (प्रवासी) नेपाली अन्य विश्वका नागरिकहरुले यस Sagoon Inc. USA मा आफ्नो वार्षिक आम्दानीको १० पुँजी वराबरको शेयरमा लगानी गर्न पाउनेछन् यस Sagoon Inc. USA ले नेपालमा वस्ने नेपालीहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको सम्बन्धी कुनै पनि विज्ञापनहरु गरेको छैन नेपाल धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायबाट तथ्य विषयबस्तुको विबेचना नगरी यस संस्थाको नाम उल्लेख गरी सुचना प्रकाशित गर्नु पुर्व यस संस्था संग सो सम्वन्धमा बुझ्नु पर्नेमा बुझ्दै नबुझी सुनुवाईको मौका समेत नदिई यस Sagoon Inc. USA को नाम उल्लेख गरी प्रकाशित गरेको सार्वजनिक सूचनाबाट Sagoon Inc.USA र यसका लगानीकर्ताहरुको मनोवल ख्यातिमा आँच पुग्न गएकोले दुख ब्यक्त गर्दछौ

नेपाल धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायले बिषयबस्तुको गम्भीरता नबुझि मिति २०७७ श्रावण १४ गते प्रकाशित सार्वजनिक सूचनालाई सच्याईयोस भनी आग्रह समेत गर्दछौ । यसै सिलशिलामा Sagoon Inc. USA ले नेपाल धितोप्रत्र वोर्डलाई स्पष्टीकरण निवेदन (दर्त्ता नं : ७७१) शुद्द बुझाईसकेको छ । 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *