मुख्यमन्त्रीको ‘अफ द रेकर्ड’ पत्रकार सम्मेलन सचिवालयबाटै लाइभ

डिसी नेपाल
२० साउन २०७७ २०:१०

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार मुख्यमन्त्रीको सचिवालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रम गरे। उनले कार्यक्रमको शुरुमै यो भेटघाट अनौपचारिक र अफ द रेकर्ड भने।

तर, उनले यसो भनिरहँदा उनकै सचिवालयको आधिकारिक फेसबुक पेजबाट भने कार्यक्रम लाइभ भइरह्यो। सायद मुख्यमन्त्री शाहीले यसरी कार्यक्रम आफ्नै सचिवालयबाट लाइभ भइरहेको थाहा पाएका थिएनन्। त्यसैले त उनले भनेका छन्, ‘यो अफ द रेकर्ड कार्यक्रम हो। तर तपाईँहरु ठूल्ठूला क्यामरा ल्याएर आउनु भएको छ। तेस्र्याउनु भएको छ। यसलाई समाचार बनाउने वा नबनाउने सल्लाह गरौंला। लामो समय भयो भेटघाट नभएको आज अलि अन्तरंग कुरा गर्नुछ।’

अफ द रेकर्ड भने पनि सचिवालयले नै सो कार्यक्रम लाइभ गरेकाले अब त्यहाँ भएको कुरा समाचार बनाउनु कुनै समस्या नहुने देखिएर समाचार बनाइएको हो।

कार्यक्रममा मुख्यमन्त्री शाहीले देशमा बेलैमा लकडाउन गरिएकाले कोरोना समूदायमा नगएको दावी गर्दै लक्षणसहितको कोरोना संक्रमण देखिए लकडाउन गरिने बताए। उनले लक्षणबिनाका संक्रमितमा त्यति खतरा नभएके भन्दै लकडाउन हटाइएको बताए। तर, लक्षणसहित देखिए लकडाउन गरिने बताए। उनले २५ देखि ३० दिन लकडाउन गर्नुपर्ने अवस्था अनउन सक्ने बताए।

नले भारतबाट आएका सबै नागरिकको कोरोना परीक्षण गरिएकोसमेत जानकारी दिए। पछिल्ला दिनहरुमा कर्णालीमा कोरोनाको संक्रमण लोकल ट्रान्समिसन देखिएको छ। दैलेखमा कुनै ट्राभल हिस्ट्री नभएकाहरुको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।

माननीय मुख्यमन्त्रीज्यूको नियमित पत्रकार भेटघाट।

Posted by Secretariat Of Chief Minister, Karnali Province on Tuesday, August 4, 2020

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *