‘सुरक्षित तीज’ बोलको गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
२२ साउन २०७७ १२:३२

काठमाडौं । कोरोना भाइरसको जोखिममा सुरक्षित रहन आग्रह गर्दै गरिमा ज्ञवालीको स्वर रहेको ‘सुरक्षित तीज’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा श्याम स्वेत रसाइलीको एरेन्ज ,दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत रहेको छ । राधा ज्ञवालीले निर्माण गरेको गीतले सकारात्मक संदेश दिएको छ। भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, विनु शाक्य, गुरास ढकाल र बाल कलाकार आयुषी ढकाल फिचर्ड छन् ।

समन अधिकारी निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, फराज अर्पण (नेपाल)को सम्पादन र छायांकन, ओम मेघाको छायांकन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.