काठमाडौंमा ७६ सहित उपत्यकामा ८७ जनामा कोरोना पुष्टि

डिसी नेपाल
२२ साउन २०७७ १६:४५
4
Shares

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८७ जना कोरोना संक्रमित भेटिएका हुन्।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ। यस्तै आज ललितपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भेटिएको छ।

मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन्। उपत्यकामा बुधबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। आज देशभर थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *