राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित !

डिसी नेपाल
२२ साउन २०७७ १७:५५

काठमाडौं। राष्ट्रिय सभाका ४ वटा विषयगत समितिको सभापतिमा चार जनाको एकल उम्मेदवारी परेको छ। बिहीबार समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराउने दिन एक एकजनाको उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ।

समिति सभापतिका लागि यसअघिकै सभापतिहरुले पुनः सभापतिका लागि उम्मेदवारी दिएका छन्। एकल उम्मेदवारी परेसँगै सबै समितिका सभापति निर्विरोध चयन हुने भएका छन्। यद्यपी निर्विरोध निर्वाचितको घोषणा भने भएको छैन। शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकले नै सभापति निर्वाचित भएको घोषणा गर्ने संसद सचिवालयले जनाएको छ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भागबण्डा गरेर समितिको सभापतिमा उम्मेदवारी दिएका छन्। नेकपा सांसद पशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको सभापतिमा उम्मेदवारी परेको छ। उनी यसअघि पनि सोही समितिको सभापति थिथए।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा राष्ट्रपतिबाट मनोनित सांसद रामनारायण विडारीले उम्मेदवारी दिएका छन्। उनी पनि यसअघि सोही समितिको सभापति थिए।

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी परेको छ। भट्ट काँग्रेस सांसद हुन्। उनी पनि यसअघि सोही समितिको सभापति थिइन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा नेकपा सांसद दिलकुमारी रावल थापाको उम्मेदवारी परेको छ। उनी पनि यसअघि सोही समितिकी सभापति हुन्।

राष्ट्रिय सभाका विषयगत समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेगर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *