ओम अस्पतालमा मृत्यु भएकी महिला कोरोना पोजेटिभ
सांकेतिक तस्वीर
काठमाडौं। काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएकी एक महिला कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ। बुधबार राती उनको मृत्यु भएकोमा बिहीबार उनको कोरोना परीक्षण रिपोर्ट आएको अस्पतालले जनाएको छ।
पाँचदिन अघि उनी उपचारका लागि अस्पताल आएको र उनको अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो। उनीमा फोक्सोको समस्या देखिएको अस्पतालले जनाएको छ।
नेपाली सेनाको टोलीले शव अन्त्येष्टि गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment