सर्वोच्च अदालतका कर्मचारी कोरोना पोजेटिभ भएपछि अत्यावश्यक सेवामात्र प्रवाह हुने

डिसी नेपाल
२२ साउन २०७७ १९:३६

काठमाडौं। सर्वोच्च अदालतमा कार्यरत एकजना कर्मचारी कोरोना पोजेटिभ भएपछि सर्वोच्च अदालतबाट प्रवाह हुने सेवा मध्ये अत्यावश्यक सेवामात्र प्रवाह हुने भएको छ। सर्वोच्चले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवमात्र प्रवाह हुने जानकारी दिएको छ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाई, रिट निवेदनको दर्ता र सुनुवाई, पुनरावेदन÷निवेदन दर्ता, थुनुवा रहेको मुद्दाको सुनुवाई र पुनरावलोकन निवेदनको सुनुवाई प्राथामिकताका आधारमा हुने जनाएको छ।

सर्वोच्चले यसअघि जारी गरेको अन्य सूचना भने यथावत रहेको जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *