पुष्पा घिमिरेको ‘फेरि पनि आयो तिज’ बजारमा
काठमाडौं। गायिका गरिमा हुमागाईँको आवाजमा पुष्पा घिमिरेको ‘फेरी पनि आयो तिज’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलको अफिसियल यूट्युव च्यानलबाट उक्त गित सार्वजनिक भएको हो।
गत वर्षको डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना नेपालमा पनि आएको र यो वर्षको तिजमा माइत आउन नपाउने गितका शब्दमा उल्लेख गरिएको छ। शब्द संकलक पुष्पा घिमिरेले गितबाट नै धेरै मान्छे जम्मा हुन नहुने, क्यासेट बजाएर घरमै तिज मनाउनु पर्ने, र मोबाइलबाट नै तिजका गित गाउनु पर्ने खालका संन्देशमूलक शब्द गितमा राखेकी छन्।
तिज पनि नेपाली समाजमा चाडवाड सुरु भए पनि यो वर्ष कोरोनाका कारण हरेक चाडवाडलाई खुसीका साथ मनाउन नपाईने जस्ता भाव गितमा समेटिएको छ।
वेस्टन मिडिया प्रा.लि.ले भिडियो बजारमा ल्याएको गितमा राम कार्कीले संगित संयोजन गरेका छन् भने, शान्ता कार्कीले कोरियोग्राफ गरेकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment