रिया चक्रवर्तीको फोन जाँच गर्दा आश्चर्यजनक खुलासा, बाहिरै बसेर गर्थिन् जासुसी

डिसी नेपाल
२४ साउन २०७७ १२:४५

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा जाँच गरिरहेको पटना पुलिसले कम समयमै निकै अहम प्रमाण जुटाएको छ । पटना पुलिसको अनुसन्धानमा पछिल्लो समय रिया र सुशान्तको सम्बन्ध राम्रो नभएको खुलासा भएको छ । रियाले ८ जूनपछि सुशान्तको नम्बर पनि ब्लक गरिदिएकी थिइन् । यति हुँदाहुँदै पनि रियाले सुशान्तको जासुसी गरिरहेकी थिइन् । सुशान्तको वरिपरि रियाकै मान्छेहरु थिए र उनीहरुसँग रिया निरन्तर सम्पर्कमा थिइन् ।

रियाले सुशान्तका कैयौं विश्वासपात्र स्टाफहरु निकालिदिएकी थिइन् र उनीहरुको ठाउँमा आफ्ना विश्वासपात्रहरु राखेकी थिइन् । ती सबै स्टाफहरुसँग रिया निरन्तर सम्पर्कमा थिइन् । यतिमात्र होइन रियाले सुशान्तका रुममेट सिद्धार्थ पिठानीसँग पनि लुकिछिपी सम्पर्क कायम राखेकी थिइन् । रियाले सिद्धार्थलाई फोन नम्बरमा सम्पर्क गर्दिनथिन् । यसको सट्टा उनले सिद्धार्थसँग ह्वाट्सएपमार्फत सम्पर्क गर्थिन् । यतिमात्र होइन उनले मुम्बइका डिसीपीसँग पनि कुरा गरिरहेकी थिइन् ।

पुलिस सूत्रको हवाला दिँदै भारतीय अखबार दैनिक जागरणले लेखेअनुसार रियाको कल डिटेलमा निकै आश्चर्यजनक खुलासा भएका छन् । केही समयदेखि रियाले सुशान्तसँग भन्दा उनका स्टाफहरुसँग धेरै कुरा गरिरहेकी थिइन् । टाढा बसेर सुशान्तको बारेमा जानकारी लिइरहेकी थिइन् र उनका हरेक गतिविधिको निगरानी गरिरहेकी थिइन् । सुशान्तकी स्टाफ श्रुतीसँग रियाले १ वर्षमा ८ सयभन्दा धेरै पटक फोनमा कुरा गरेकी थिइन् । अर्का एक स्टाफसँग ५०१ पटक फोनमा कुरा गरेकी थिइन् । रियाले जुन–जुन स्टाफसँग यसरी कुरा गरेकी थिइन् ती सबैलाई रियाले नै सुशान्तको स्टाफको रुपमा राखेकी थिइन् ।

रियाले सुशान्तका रुममेट सिद्धार्थ पिठानीलाई १०१ पटक फोन गरेकी थिइन् । यस क्रममा उनले आमालाई ५३७ पटक, भाइलाई ८०० पटक र पितालाई ११०० पटक फोन गरिन् । एक फिल्म निर्देशकलाई समेत ३०० भन्दा धेरै फोन गरेकी रियाले सुशान्तलाई भने एक वर्षमा १४२ पटक फोन गरेकी थिइन् । फिल्म निर्माता महेश भट्टसँग पनि रियाले निकै लामो कुरा गरेकी थिइन् । सुशान्तको मृत्युपछि रियाले २० जूनदेखि १८ जुलाइको बीचमा मुम्बइका डिसीपीसँग ५ पटक कुरा गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *