जंगिइन् अभिनेत्री पूजा शर्मा, किन भइन् यति आक्रामक ?

डिसी नेपाल
२४ साउन २०७७ १३:११

काठमाडौं। लामो समय आलोचनाको शिकार बन्नु परेपछि अभिनेत्री पूजा शर्माको धैर्यको बाँध टुटेको छ । अहिले उनी यसविरुद्ध आक्रामक रुपमा उत्रिएकी छिन् । अन्तरवार्ताको क्रममा केही सामान्य ज्ञानका कुराहरु नजान्दा उनी लामै समय ट्रोलको शिकार बन्नुपर्यो । तर, अहिले भने उनी यसको प्रतिकारमा उत्रिएकी छिन् । आफ्नो फेसबुक पेजमा लामो स्टाटस पोस्ट गर्दै उनले पत्रकार प्रकाश सुवेदीप्रति आक्रोश पोखेकी छिन् ।

सुवेदीले पहिले लिएको अन्तरवार्ताका कारण ट्रोल भएकी अभिनेत्री पूजा यसबारे केही बोलेकी थिइनन् । तर सुवेदीले अर्को कार्यक्रममा पनि पूजालाई व्यङ्ग्य गरेपछि भने पूजा आक्रोशित भएकी हुन् । सुवेदीले अपमानजनक रुपमा कार्यक्रम बनाएर प्रसारण गरेपछि पूजाले अब सहन नसक्ने बताएकी हुन् ।

पूजाले अन्तरवार्तामा सोधिएका प्रश्नको आफूले उत्तर नजानेको स्वीकार्दै सोही कारण आफ्नै गल्ती ठानेर चुप बसेको भनेकी छिन् । उनले आफ्नो कमजोरी भएकै कारण ट्रोल हुँदा चुप बेसेको बताउँदै पछि उनै पत्रकारले नयाँ अन्तर्वाताका लागि बोलाउँदा आफूले अस्वीकार गरेकोले ती पत्रकार व्यक्तिगत रुपमा आक्षेप लगाउने स्तरसम्म उत्रिएको आरोप लगाएकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *