ड्राइभरलाई कोरोना भएपछि नेकपा नेता पौडेल आइसोलेशनमा

डिसी नेपाल
२५ साउन २०७७ १८:४१

काठमाडौं। ड्राइभरलाई कोरोना संक्रमण भएपछि नेकपा महासचिब विष्णु पौडेल आइसोलेशनमा बसेका छन्। आइतबार नेता पौडेलका ड्राइभरलाई कोरोना भएको पुष्टि भएको जनाइएको छ। नेता पौडेल त्यसपछि मैंसेपाटीस्थित आफ्नै घरमा आइसोलेशनमा बसेको पारिवारिक स्रोतले जनाएको छ। पौडेलले केही दिनका लागि राजनीतिक भेटघाट नगर्ने जनाइएको छ।

शनिबारमात्र नेता पौडेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। उता प्रचण्डका सुरक्षाकर्मीहरुलाई पनि कोरोना भएपछि उनले पनि राजनीतिक भेटघाट बन्द गर्ने तयारी गरेको बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *