काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजार यात्रुलाई फिर्ता पठाइयो
फाइल तस्वीर
काठमाडौं। सरकारले लकडाउन घोषणा गरेपश्चात हालसम्म काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा धेरै यात्रुलाई फिर्ता पठाएको छ। गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै गएको चैत ११ गतेबाट हालसम्म काठमाडौं प्रवेश गर्ने मुख्य नाकाहरु गथानकोट, फर्पिंग र साँगाबाट १९ हजारभन्दा धरैलाई फिर्ता पठाइएको जनाएको छ।
सवारी पास बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई पनि थानकोटर साँगा र फर्पिंगबाट फिर्ता पठाइएको हो।
लकडाउन उल्लंघन गर्दै बिनाकाम सडकमा निस्किएका १ लाख ३७ हजार दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई प्रहरीले सडकमै होल्ड गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो पटक निर्णय गरिएको जोर बिजोर प्रणाली विपरित सवारी चलाउने ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डमा राखेर कारवाही गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३ लाख ९५ हजारलाई कारबाही गरिएको जनाएको छ। मास्क प्रयोग नगर्ने व्यक्तिमध्ये केहिलाई सम्झाई बुझाई छाडेर र कतिपयलाई जरिवाना समेत गरिएको गृहले जनाएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment