पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा

डिसी नेपाल
२७ साउन २०७७ ९:१६

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्। नेकपा क्षेत्र नं १ प्रदेश (क)द्वारा आयोजित बैठकमा उनले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरे। पार्टीको हरेक नेता÷कार्यकर्ता बैठकबाट भाग्न नहुने उनले बताए।

सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गरे। उनले जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता÷कार्यकर्ता आफैँ समाप्त हुनेसमेत बताए। बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना विचार राखेका थिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *