रास्वपाद्वारा बाँकी जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र, एक व्यक्ति एक तहको प्रतिनिधित्व अनिवार्य

डिसी नेपाल
१८ साउन २०८३ १७:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशनहरू तत्काल सम्पन्न गर्न परिपत्र गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र जारी गर्दै निर्वाचन प्रक्रियालाई पूर्णता दिन आग्रह गरेका हुन्।

परिपत्रमा हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू पार्टीको प्रथम महाधिवेशन चक्रकै बाँकी प्रक्रिया भएको उल्लेख गरिएको छ। अत: ती अधिवेशनहरूमा प्रथम महाधिवेशन चक्रका लागि लागू भएका पार्टीको विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगबाट जारी भएका निर्णय, निर्देशन र व्याख्याहरू समान रूपमा लागू हुनेछन्।

पार्टीको प्रथम महाधिवेशन चक्रअन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश अधिवेशनसम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगले यस्तो निर्देशन जारी गरेको हो।

निर्देशनअनुसार प्रथम महाधिवेशन चक्रमा प्रत्येक सदस्यले एक तहको प्रतिनिधित्व मात्र गर्न पाउनेछन्। एकै महाधिवेशन चक्रमा कुनै पनि सदस्यको एकभन्दा बढी तहमा प्रतिनिधित्व कायम रहने छैन। साथै, कुनै सदस्यले अर्को तहबाट प्रतिनिधि वा कुनै पदमा उम्मेदवारी दर्ता गरेसँगै सोही महाधिवेशन चक्रका लागि बहाल रहेको निजको प्रतिनिधिको हैसियत स्वतः समाप्त हुनेछ। यसका लागि छुट्टै राजीनामा वा स्वीकृतिको आवश्यकता पर्ने छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *