जसपाको निर्णयप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति (विज्ञप्तिसहित)

डिसी नेपाल
२७ साउन २०७७ ९:४०
4
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को निर्णय प्रति प्रधानमन्त्री सतिवालयले आपत्ति जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै जसपाले गरेको निर्णयमा प्रधानमन्त्रीप्रति अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको छ ।सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ।’

‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ रु सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला।’

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन्, विज्ञप्तिमा भनिएको छ।

जसपाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शारिरिक र मानसिक दृष्टिकोणले अत्यन्तै कमजोर रहेको भनि टिप्पणी गरिएको छ।

 

https://www.facebook.com/permalink.php?story_fbid=181825539990725&id=105043977668882

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.