कोरोना संक्रमित भारतीय कवि राहत इन्दोरीको निधन
काठमाडौं । प्रशिद्ध भारतीय कवि राहत इन्दोरीको निधन भएको छ। उनको मगंलबार मध्ये प्रदेशको अरविन्द अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्।
उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ। यस्तै उनलाई कोरोना संक्रमण देखिएको थियो र उपचार पनि गराइरहेका थिए। उनले आफैँले ट्वीट गर्दै कोरोना संक्रमित भएको जानकारी दिएका थिए।
इन्दोरी भारतका प्रशिद्ध कवि थिए। उनले बलिउडका लागि कैयौं गित पनि लेखेका थिए। उनले उर्दु भाषमा कविता र साहिरी लेख्ने गर्थे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment