रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको साधारण सेयर जारी गर्दै

डिसी नेपाल
२८ साउन २०७७ १३:०२

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। प्रतिकित्ता एक सय रुपैयाँ अंकित उक्त सेयरका लागि आगामी भदौ ४ गतेदेखि आवेदन खुल्ला हुनेछ।

कम्पनीले कुल निश्कासन गर्न लागेको शेयरमध्ये ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणलाई बाडफाड गर्नेछ।

प्रतिकित्ता एक सय रुपैयाँ अंकित उक्त शेयरका लागि आवेदन दिने समय छिटोमा भदौ ८ गतेसम्म तोकिएको छ। उक्त अवधिभित्र सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन भदौ २२ गतेसम्म समय रहने कम्पनीले बुधबार सार्वजनिक आह्वान प्रकाशित गरी जानकारी दिएको छ।
लगानीकर्ताहरु न्यूनतम १० कित्ता र अधिकतममा ६३ हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन्। यसका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाका साथै शेयर शेयर अनलाइनबाट समेत आवेदन दिन सकिनेछ।

यस आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘आइपिओ ग्रेड–४ रेटिङ गरेको छ। यसले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्छ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेकोमा एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ। ६३ करोडको साधारण शेयर निश्कासनबाट संकलन भएपनि चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *