सोमबारदेखि हराएका पत्रकार बानियाँको शव भेटियो
काठमाडौं । कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बलराम बानियाँको शव भेटिएको छ। सोमबारदेखि हराएका बानियाँको शव बुधबार मकवानपुरको माण्डो जलविद्युत आयोजनामा भेटिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी अनुसन्धान महाशाखाका अनुसार परिवारका सदस्यहरुलाइ फोटो देखाएर शवको सनाखत गरिएको हो। महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीले सोमबारदेखि हराएको सूचना पाएपछि खोजतलास गरिएको बताए।
बल्खु खोलाको किनारामा भेटिएको जुत्ता बानियाकाँ छोरीले बुवाको हो भनि पुष्टि गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास गरेको थियो।
प्रहरीले उनको मोवाइलबाट बल्खु खोलाको नजिक गएर अफ भएको प्रविधिबाट पत्ता लगाएको र त्यसलाई आधारमानेर अनुसन्धान गरेको जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment