धर्म,संस्कृति,पहिचानको रक्षाको लागि आन्दोलनको तयारी गरौं : नेता बोहरा

डिसी नेपाल
२८ साउन २०७७ १५:१२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनायरै छाड्ने दृढता ब्यक्त गरेका छन्।

विभिन्न संगठन परित्याग गरि राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई राप्रपामा प्रवेश गराउदै बोहराले धर्म,संस्कृति, पहिचान रक्षाको निमित्त युवा पुस्ताले आन्दोलनको तयारिमा लाग्नुपर्नेमा जोड दिए।

विद्यार्थी बर्गको हक, हितको निमित्त भन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी हुनु दुखद भएको भन्दै मुलुकलाई समृद्धिको मार्गमा लैजानको निमित्त नयाँ पुस्ताले एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताए।

बोहराले अगामी निर्बाचनबाट काङ्ग्रेस ,कम्युनिस्ट र मधेशबादी दलको बिकल्पको रुपमा राप्रपा उदाउने समेत दाबी गरे। कार्यक्रममा विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, अनमोल ढकाल, निराजन बम लगायत विद्यार्थी नेताहरुले बोलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *