२४ घण्टामा ४८४ जनामा कोरोना पुष्टि

डिसी नेपाल
२८ साउन २०७७ १६:३४
28
Shares

काठमाडौं । नेपालमा बुधबार ४८४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गर्दा ४८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको २४ हजार ४३२ संख्या पुगेको छ। जसमध्ये १६ हजार ७२८ जना निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ। यस्तै १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ९१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *