सुर्खेतमा झण्डै २० तोला हिरा जडित सुन बरामद, अनुसन्धान जारी
सांकेतिक तस्वीर
काठमाडौं। सुर्खेत प्रहरीले बरामद गरेको सुनजस्तो देखिने पहेलो धातुको परीक्षण भइरहेको जनाएको छ। विशेष सुराकीका आधारमा बुधबार साँझ विनपा ३ स्थित एउटा घरबाट बरामद गरेको सुन जस्तै देखिने पहेलो धातु सुन हो कि हैन भनेर परीक्षण गर्ने काम भइरहेको सुर्खेत प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले डिसी नेपाललाई जानकारी दिए।
‘विज्ञहरुले पुष्टि नगरेसम्म सुन कै गरहगहना हो भन्न मिल्दैन।’ एसपी भट्टले भने, ‘विज्ञहरुकोमा लगेर परीक्षण गर्ने काम भइरहेको छ। परीक्षणबाट पुष्टि भएपछि भनौंला।’
एसपी भट्टले सुनका चुरा १६ वटा, झुम्का ५ वटा, बाला २ वटा, शिरफुल ४ वटा र कपालमा लगाउने काँटा ३ वटा प्रहरीले बरामद गरेको जानकारी दिएका छन्। ‘पहेँले बस्तुसँगै सेतो वस्तु पनि छ, त्यो हिरा हो या हैन त्यसको पनि परीक्षण भइरहेको छ,’ एसपी भट्टले भने।
प्रहरीले सुन बरामद भएको घरलाई निगरानीमा राखि अनुसन्धान गरीरहेको एसपी भट्टले जानकारी दिए। कम्तीमा २० तोला सुन प्रहरीले बरामद गरेको र सुन कहाँबाट कस्ले ल्यायो भन्ने नखुलेको र अनुसन्धान भइरहेको सपी भट्टले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment