पार्टी सभापतिले गरेको विभाग गठनका विरुद्ध जिल्ला सभापतिहरु (विज्ञप्तिसहित)

डिसी नेपाल
२९ साउन २०७७ १०:४९

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको विभाग गठनका सम्बन्धमा जिल्ला सभापतिहरुले विरोध जनाएका छन्। साउन २८ गते जिल्ला सभापतिहरुको बैठकले विभिन्न विभागहरू अवैधानिक एवम् स्वेच्छाचारी ढंगले विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद भएको निष्कर्ष निकालेको छ।

सभापतिहरुको वैठकमा भएका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत जारी सार्वजनिक गर्दै केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णयहरू अक्षरस पार्टीको १४औं महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निर्णय समेत गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसको विधान अनुसार पार्टीको सबैभन्दा माथिल्लो निकाय महाधिवेशनको हो । दोस्रो निकाय महासमिति हो । महाधिवेशन र महासमितिबाट पारित भएका हरेक विषयहरू नेपाली काँग्रेसको विधानतः निति बन्दछ।’

‘वर्तमान केन्द्रीय समिति लगायत सम्पूर्ण समितिहरूले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा र पार्टीको १४ औं महाधिवेशन पनि घोषणा भैसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागहरू अवैधानिक एवम् स्वेच्छाचारी ढंगले विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद छ,’ विज्ञप्तिमा भनिएको छ।

https://www.facebook.com/permalink.php?story_fbid=1175397222829255&id=100010769642576

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *