अमेरिकामा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विक्री हुन्छ : केसी (भिडियोसहित)

डिसी नेपाल
३१ साउन २०७७ १८:०२
4
Shares

काठमाडौं। अमेरिकामा बसेर नेपाली कांग्रेसको भातृसंस्थाको राजनीति गर्ने एक जना नेता धनन्जय नरसिंह केसीले अमेरिकामा नेपाली कांग्रेसको सदस्यता किनबेच हुने गरेको बताएका छन्।

डिसीनेपालसँगको कुराकानीमा उनले अमेरिकामा पैसाका लागि क्रियाशिल सदस्यता विक्रिवितरण हुने गरेको बताएका हुन्।

उनले भने, ‘अमेरिकामा सबैभन्दा ठुलो रोग भनेको सक्रिय सदस्यतालाई कतिपयले कमाइखाने भाँडो बनाएका छन्। कांग्रेसका कार्यकर्तालाई सदस्यता नदिएर पैसा दिने गैह्र कांग्रेसलाई सदस्यता वितरण गर्दै आएको पाइएको छ।’

नेता केसीले पार्टीले पनि सक्रिय सदस्यता दिँदा धेरै कुराहरुमा ध्यान दिनुपर्ने सुझाव समेत दिएका छन्। एक जना नेकपाको कार्यकर्तालाई नेपाली कांगे्रसको सक्रिय सदस्यता विक्रि गरेको प्रमाण आफुसँग भएको नेता केसीको दाबी छ।

उनले भने, ‘हामी जेलनेल खाएका साथिहरुलाई अमेरिकामा सदस्यता दिइएको छैन्। एकजना बाहलवाला मन्त्रीका नातेदारलाई अमेरिकामा कांग्रेसको सदस्यता दिइएको छ। उनी नेपालमा हुँदा नेकपाको विद्यार्थी नेता पनि हुँन्। सामाजिक सञ्जालमा हेर्दा कांग्रेसलाई मर्ने गरी गाली गरेका छन्। तर, म नेपाली कांग्रेस हुँ भन्नेले पैसाका लागि उनलाई सक्रिय सदस्यता वितरण गरे।’

पैसामा सदस्यता विक्रीगरेको कुरा पार्टीले नबुझ्दा आफूलाई दुःख लागेको उनको भनाई छ। उनले भने, ‘पैसाका लागि क्रियाशिल सदस्यता वितरण गरेको पार्टीले बुझिदिनु पर्ने पार्टीले बुझ्दैन यही कुरामा दुःख लाग्छ।’

आफूले ३५ वर्षदेखि कांग्रेसको राजनीतिमा लागेको उल्लेख गर्दै उनले भने, ‘मैले ३५ वर्षदेखि कांग्रेसको राजनीति गर्दै आएको छु। मैले पाउँने की नेकपाको नेताले क्रियाशिल सदस्यता पाउँने त? यो विषयमा सबैले विचार गरीदिनु पर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *