भारतसँग अहिलेको भन्दा उन्नत किसिमको सम्बन्ध बाहेक अर्को विकल्प छैन : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो)
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग अहिलेको भन्दा उन्नत किसिमको अर्को कुनै सम्बन्ध बाहेक अर्को विकल्प नभएको बताएका छन्। मन्त्री ज्ञवालीले नेपाल र भारत धेरै सम्बन्धबाट आवद्ध भएको उल्लेख गर्दै दुवै मुलुक पारस्परिक अन्तरनिर्भरतामा जिइरहको उल्लेख गर्दै नेपाल र भारतमा अर्को कुनै उन्नत किसिमको सम्बन्ध बाहेक अर्को विकल्प नभएको बताएका हुन्।
डिसी नेपालसँग विशेष सम्बाद गर्दै मन्त्री ज्ञवालीले भने, ‘नेपाल र भारत यतिधेरै सम्बन्धबाट आवद्ध छौं कि हामी पारस्परिक अन्तरनिर्भतामा जिइरहेका छौं। नेपाल र भारतको बीचको अर्को कुनै उन्नत किसिमको सम्बन्ध बाहेक कुनै विकल्प छैन। त्यसका लागि तपाइँ लामो यात्रामा हिँड्दै हुनुहुन्छ भने जुत्ताभित्र अड्किएका ढुंगाका टुक्रालाई निकालेर फाल्नुपर्छ नत्र हिँड्न सकिँदैन।’
मन्त्री ज्ञवालीले भारत नेपालको घनिष्ठ छिमेकी र अनेकौं खालका बहुआयामिक सम्बन्ध भएको हुनाले भातरसँग इतिहासले छोडेका कतिपय समस्या पनि बाँकी रहेको बताए। उनले आफूहरुले भारत सरकारलाई सीमा समस्या वा १९५० को सन्धिलगायत इतिहासले सल्ट्याउन नसकेका र नेपालीलाई बिझाइरहने समस्यालाई छिटो समाधान गर्दै छिटो दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन आग्रह गरेको बताए।
मन्त्री ज्ञवालीले भने, ‘भारतसँग केही समस्या बाँकी थिए र अहिले पनि छन्। लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तासमेत इतिहासले दिएको एउटा बोझा हो जसलाई हामीले बिसाउनुपर्छ।’
उनले अगाडि भने, ‘नेपाल भारत सम्बन्धमा सीमालाई निर्धारण गर्ने एकमात्र सन्धि हो सुगौली सन्धि। सुगौली सन्धिको धारा ५ ले काली नदीलाई सिमाना मान्दै (जसलाई महामाली भन्छौं) काली पश्चिम भारत र काली पूर्व नेपालको भनेर स्पष्ट रुपमा किटान गरेको छ। सीमा सम्बन्धि अन्तर्राष्ट्रिय अभ्यासका हरेक कुराबाट लिम्पियाधुराबाट निस्किने कुटियादी भनिने नदी महाकालीको मुहान भनेको स्पष्ट छ।’
मन्त्री ज्ञवालीसँग डिसी नेपालका लागि विजयप्रसाद मिश्रले गरेकाे भिडियाे संवाद
No ads found for this position

डिसी नेपाल
Facebook Comment