नागरिकको स्वास्थ्य अधिकारप्रति ध्यान दिन आग्रह

डिसी नेपाल
३२ साउन २०७७ २३:३७

काठमाडौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नागरिकको स्वास्थ्यको अधिकारप्रति जवाफदेही हुन सरकारसँग आग्रह गरेको छ।

इन्सेकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन नमिल्ने उल्लेख छ। “कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारका रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौं।”

कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा यही साउन ३१ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १०२ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ। सङ्क्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पताल अस्वीकार गरेका घटना सार्वजनिक हुँदा उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएका छन्।

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठले कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दरसमेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित रुपमा परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्याउनुपर्ने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *