माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक

डिसी नेपाल
१ भदौ २०७७ १८:५२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हाे। सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।

बोर्डले चार लाख ७२ हजार ७८ जनाको नतिजा प्रकाशित गरेको छ। शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जनाले फारम भरेका थिए। गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.