सरकारद्वारा राजदूत सिफारिस

डिसी नेपाल
१ भदौ २०७७ २२:३०

काठमाडौं। सरकारले राजदूतका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका तीजना सहसचिबहरुलाई राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ।

तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्का राजदूतमा सिफारिस भएको बताइएको छ। उनीहरुलकाई कुन देशका लागि सिफारिस गरिएको भन्नेबारे भने खुलेको छैन।

सरकारले सिफारिस गरेको व्यक्तिहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राजदूतमा नियुक्ती हुन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *