अभयाको ‘छ मेरो अरु संसार’ सार्वजनिक [भिडियाेसहित]

डिसी नेपाल
२ भदौ २०७७ १७:०७

काठमाडौं। गायिका अभाया सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । डेढ दशक भन्दा लामो समय यता रक ब्यान्डको रुपमा परिचित ‘अभया एण्ड द स्टिम इन्जिन’को नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक भएको हो । गीतको भिडियो ब्यान्डको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

ब्यान्डकी फ्रन्ट लेडी अभयाले गीतमा स्वर मात्रै भरेकी छैनन्, यसमा शब्द पनि उनकै रहेको छ । साथै, नयाँ गीतको सङ्गीत रचना, संयोजन र सङ्गीत निर्माण स्वयं उनैले गरेकी छिन् । गीतमा गितारको जिम्मेवारी रिन्चेन पाल्जरले सम्हालेका छन्, भने सोनम लामा भुटियाको बेस रहेको छ । साथै, पियानोमा निकेश कार्की रहेका छन् ।

त्यस्तै ड्रममा रिन्चेन पाल्जर र नबिन थापा मगर रहेको यस गीतको ब्याकिङ भोकलमा प्रशान्त गुरुङ र रिन्चेन पाल्जर रहेका छन् ।
वि.स. २०६० सालमा सुरुवात भएको अभया एण्ड द स्टिम इन्जिन ब्यान्डले आफ्नो छुटै किसिमको संगीतले दर्शक तथा श्रोता माँझ लोकप्रिय छ । सार्वजनिक गीत आफ्नो लागि निकै महत्वपूर्ण रहेको अभयाले बताइन ।

‘यो गीतको प्रत्येक नोट, गितार सोलोदेखि ओर्केस्ट्राको संयोजन सबैमा मैले उत्तिकै मिहिनेत गरेकी छु’ उनले भनिन्,’ सङ्गीत निर्देशन पहिलेदेखि नै गर्दै आएपनि अब यसमा थप काम गर्ने सोच बनाएकी छु ।’ सार्वजनिक गीतमा महिर मल्ल र श्रृष्टि कार्कीको अभिनय रहेको छ भने यसलाई अभया स्वयम्ले निर्देशन गरेकी हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *