घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छःगौतम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताएका छन्।
नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उनि आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उनिप्रति श्रद्धासुमन अर्पणका साथ शोकसंतप्त परिवारमा समवेदना प्रकट गरेका छन्।
यसैगरी शान्ति गीत संगीत अभियानले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । गीतकार एवं अभियानका अध्यक्ष प्रकाश रायमाझीले शोक विज्ञप्तिमार्फत उनको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
गीतकार रायमाझीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment