शुक्रबार रातिदेखि पाल्पामा निषेधाज्ञा
तानसेन । पाल्पामा शुक्रबार राति देखि निषेधाज्ञा लागु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पा बिहिबार एक विज्ञप्ति जारी गर्दै भोली(शुक्रबार) राति १२ बजेदेखि एक हप्ताको निषेधाज्ञा लागु हुने बताएको छ।
विज्ञप्तिमा भोली राति १२ बजेदखि १२ गते राति १२ बजेसम्म पाल्पा जिल्ला भरी लागु हुने गरी निषेधाज्ञा जारी गरिएको बताइएको छ। यो अवधिमा अत्यावस्यक बाहेकको सबै सेवा बन्द गर्न र उक्त आदेशको अवज्ञा गरेमा प्रभलित कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ।
यस्तै खाद्यान्न फलफूल, तरकारी, दुध डेरी पनि विहान ७ बजेदखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ। कोरोना संक्रमित बढेसँगै देशका विभिन्न जिल्लाले पुनः लकडाउन र निषेधाज्ञा गरेका छन्। हालसम्म ४० भन्दा बढी जिल्लामा लकडाउन र निषेधाज्ञा छ।
के–के गर्ने पाईने के-के गर्ने नपाइने हेर्नुहोस् तलको विज्ञप्तिमा

No ads found for this position


डिसी नेपाल
Facebook Comment