जातीय विभेदको आरोपमा ४ जना पक्राउ

डिसी नेपाल
५ भदौ २०७७ १८:१०

कालिकोट। कालिकोटमा जातीय विभेद गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। जिल्लाको शुभकालिका गाउँपालिका–८ का २२ वर्षिय पंख विकमाथि जातिय विभेद गरी कुटपिट गरेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षिय कमल शाही, २७ वर्षिय युवराज शाही, २२ वर्षिय अर्जुन शाही र १९ वर्षिय दिनेश सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले गत २६ साउनमा स्थानीय धवलपुरा मन्दिरमा जाने क्रममा ती व्यक्तिहरूले विकलाई जातिय विभेद गर्दै कुटपिट गरेपछि पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिए।

उनका अनुसार ४ जनाविरुद्ध जातिय भेदभाव तथा कुटपिट मुद्दा दर्ता भइ कानूनी प्रक्रिया अगाडि बढेको छ।

जातिय विभेद गरी कुटपिटको आरोप लागेका ४ जनालाई जिल्ला अदालत कालिकोटले थुनामा राखी अनुसंधान गर्न १५ दिनको म्याद थप गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *