मोरङको चार स्थानीय तहमा निषेधाज्ञा

डिसी नेपाल
५ भदौ २०७७ १९:३९

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार भदौ १० गते राति १२ः०० बजेसम्मका लागि जारी भएको यो निषेधज्ञा विराटनगर महानगरपालिकाको १९ वटै वडा, बुढीगङ्गा गाउँपालिको १,२,३ र ४, कटहरी गाउँपालिकाको १,२,३,४ र ५ तथा रङ्गेली नगरपालिकाको ४,५,६ र ७ वडामा लागू हुनेछ ।

आज जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको सहायक प्रमुख जिल्ला अधिकारी धुव्र खड्काले जानकारी दिए । उनले विगत केही दिनदेखि विराटनगर महानगरपालिका र आसपासका स्थानीय तहमा कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको र यसले समुदाय स्तरमा महामारी फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर यो निषेधज्ञा लागू गरेको जानकारी दिए।

निषेधज्ञा अवधिभर सरकारी कार्यालयमा सेवाग्राहीलाई सेवा प्राप्त नहुने र कर्मचारीले कार्यालयको आन्तरिक व्यवस्थापनमा मात्र सीमित रहने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए । निषेधज्ञामा अतिआवश्यक काममा खटिने सवारी साधन, कर्मचारी, सञ्चारकर्मीले निर्वाध रुपमा काम गर्न पाउने निर्णय भएको बताइएको छ ।

विराटनगर महानगरपालिकामा साउन १७ गतेदेखि बन्दाबन्दी शुरु भएको आज अन्तिम दिन निषेधज्ञा जारी भएको र केही दिन पहिले नै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर क्षेत्रमा बढ्दो कोरोना सङ्क्रमण नियन्त्रणका लागि निषेधज्ञा लगाउन प्रदेश सरकारसँग माग गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *