तीज लगतै रश्मी शाक्यले खाइन् ‘कसम’
काठमाडौं। चर्चित लोकदोहोरी गायिका टिका पुनको आवाजमा ‘कसम’ सार्वजनिक भएको छ। रश्मि शाक्यको गीत ‘कसम’मा गायक राजु अर्यालले स्वरमा साथ दिएका छन्। ‘कसम’ यो वर्षको तीजलाई विदाई गर्दै सार्वजनिक भएको छ।
‘यूनिक भिजन इन्टरटेन्मेन्ट’को आधिकारिक यूट्युबाट सार्वजनिक भएको ‘कसम’मा दिनेश थापा, सारिका केसी, हरि कार्की, सुजाता देवान, टिका थापा मगर र अनिता पौडेलले अभिनय गरेका छन्।
कपिल लामाको निर्देशनमा बनेको उक्त भिडियोको सिनेफोटोग्राफ मुकेश हुमागाईँले गरेका छन् भने भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन्।
राजेश पौडेलले लेखेका शब्दमा राजु अर्यालले नै संगित भरेका छन्। गीतमा दुई प्रेमिले सँगै जिउने मर्ने कसम आजै खानुपर्छ भन्ने जस्ता शब्दहरु प्रयोग गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment