अभिनेत्री कंगनामाथि सेक्सुअल ह्यारेसमेन्टको आरोप, अभिनेताले सुनाए दर्दनाक कहानी

डिसी नेपाल
२८ असोज २०७५ ११:४५

एजेन्सी । पछिल्लो समय बलिउडमा मी टु अभियानको विषयले निकै चर्चा पाएको छ। यस अभियानमा प्राय अभिनेत्रीले आफ्नो सेक्सुअल ह्यारेसमेन्टका बारेमा सुनाउँदै आएका छन्। तर पहिलो पटक अभिनेताले पनि आफू सेक्सुअल ह्यारेसमेन्टको शिकार भएको बताएका छन्।

एक्टर तथा होस्ट शेखर सुमनका छोरा अध्ययन सुमनले ट्वीट् मार्फत मी टुसँग जोडिएको आफ्नो दर्दनाक कहानी सुनाएका छन्। उनले एकपछि अर्को ट्वीट गर्दै भनेका छन्, कयौँ व्यक्तिले मलाई आफ्नो घटना शेयर गर्नेको बताए, तर म क्षमा चाहन्छु, किनकी दुई वर्ष पहिले जब मैले मेरो घटना सुनाएको थिए, तब धेरैले मेरो मजाक उडाइएको थियो।

दुई वर्ष पहिले अध्ययनले भनेका थिए, कंगनासँग रिलेसनमा रहेका बेला उनले के के समस्या झेल्नु परेको थियो। उनले भनेका थिए, रिलेशनका क्रममा कंगनाले आफूलाई फिजिकल र इमोशनली टर्चर झेल्नु परेको बताएका थिए।

कंगनाले आफूलार्ई निकै कुटपिट गर्ने, गाली गर्ने र त्यतिमात्रै हैन मध्येरातमा घरबाहिर निकालेको पनि बताएका थिए। उनले भनेका छन्। मी टु अभियान अतर्गत धेरैले अहिलेसम्म आफूमाथि दबिएर रहेको कुरा राख्न पाइरहेका छन्, अपेक्षा गर्दछु मेरो साथमा भएको जजमेन्ट जस्तो अरुलाई नहोस् जस्तो मेरो साथ भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *