समाज सेवामा अगाडि बढ्दै डिजे रोशन

डिसी नेपाल
११ भदौ २०७७ १५:२७
48
Shares

काठमाडौं। विश्वलाई नै आफ्नो चपेटामा लिएको कोरोना महामारीबाट नेपाल अछुतो छैन। कोरोना महामारीका कारण मुलुकभित्र विभिन्न पेशा र समुदायका मानिस अप्ठेरोमा परेका छन्।

कोरोना महामारीलाई नियन्त्रण गर्न भन्दै सरकारले यतिबेला काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। जसकारण विद्यार्थी, सडकमा राति बिताउने गरिब, दुखी, अशक्त असाहय,अपांगलगायतलाई राहत प्रदान गर्न दिनरात खटिरहेका छन् रोशन श्रेष्ठ उर्फ डिजे रोशन।

नेपाल कमर्स क्याम्पसमा स्नातक अध्ययनरत डिजे रोशन विभिन्न संघ संस्थाका आवद्ध छन्। उनी नेवि संघको नेता मात्र होइनन् कलाकारिता र संगीतमा डिजे रोशनको रुपमा चिन्छिन्। ‘समाजको एउटा अभिन्न अंगको रुपमा रहिसकेपछि आफूबाट गर्न सक्ने जतिपनि कामहरु हुन्छ म त्यो आफ्नो कर्तव्य र जिम्मेवारीको रुपमा कार्य निर्वाह गर्नुपर्छ,’ उनले भने।

कला संगीतलाई जीवनको मूल्य अंगको रुपमा लिएको बताउने डिजे दिनेशले हन्डेर्टस ग्रुपलाई राहत स्वरुप खाद्यान्य हस्तान्तरण गरेका छन्। उनी सहयोगको भावनाका साथ सुरु भएको कपडा बैंक, राहत वितरण, रेडक्रस, युवा क्लब, स्वयंसेवक र लकडाउन सुरु भएदेखि रत्नपार्कमा निशुल्क भोजन वितरणमा पनि सक्रिय छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *