रियाले स्वीकारिन् गल्ती, सुशान्तले म्यासेज पठाएका थिए तर उनले नम्बर नै ब्लक गरिदिइन्

डिसी नेपाल
१२ भदौ २०७७ १५:२८

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान भइरहेका बेला रिया चक्रवर्तीले एक च्यानललाई अन्तरवार्ता दिएकी छिन् । अन्तरवार्तामा उनले आफूले सुशान्तको नम्बर ब्लक गरिदिएको स्वीकार गरेकी छिन् । उनले रिसमा आफूले यस्तो गरेको बताएकी छिन् । रियाले ८ जूनमा सुशान्तको घर छाडेकी थिइन् ।

त्यसको भोलिपल्ट सुशान्तले रियालाई म्यासेज गरेका थिए । म्यासेजमा ‘कैसी हो मेरी बेबू’ लेखिएको थियो । तर रियाले उनको नम्बर नै ब्लक गरिदिएकी थिइन् । उनले त्यो घटनापछि सुशान्तले आत्महत्या नै गर्छन् भन्ने आफूलाई थाहा भएको भए आफू फर्केर जाने पनि बताएकी छिन् । ८ जूनदेखि १२ जूनसँग सुशान्तकी बहिनी मितु त्यहाँ भएको बताउँदै रियाले उनले के भएको थियो भन्ने कुरा बताउनुपर्ने भनेकी छिन् ।

रियाका अनुसार १४ जूनका दिन दिउँसो २ बजेतिर उनले सुशान्तको मृत्युको बारेमा हल्ला सुनेको बताइन् । एक जना साथीले आफूलाई फोन गरेर यस्तो हल्ला रोक्न भनेको बताउँदै उनले ती साथीले सुशान्तलाई वक्तव्य पारी गर्न भन्न पठाएको बताइन् । त्यसको केही बेरमै मृत्युको पुष्टि भएको उनको भनाइ छ । सुशान्तको मृत्युको खबर सुनेपछि पनि उनी सुशान्तको घर भने गएकी थिइनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.