दिदीसँग माफी माग्दै आलियाले लेखिन् ४ पृष्ठ लामो पत्र

डिसी नेपाल
२८ असोज २०७५ १४:३०

एजेन्सी । बलिउडकी चर्चित नायिका आलिया भट्टले चारपेज लामो चिठी लेखेर आफ्नी दिदीसँग माफी मागेकी छन्। उनले आफ्नी दिदी शाहिनसँग माफी माग्दै आफुले यो कहिल्यै सम्झन नपाएको बताएकी छन्। दिदी तनावमा भएको कुरा आलियाले तब मात्रै थाहा पाईन् जब दिदीले एउटा आर्टिकल प्रकाशित गरिन्।

चिठी लेख्दै गर्दा आफु धेरै पटक भावुभ भएको पनि आलियाले खुलाएकी छन्। उनले चिठी लेख्दै एउटा भिडियो पनि बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्। एक अन्तरवार्ताका क्रममा आलियाले भनेकी छन्, मेरी दिदी पछिल्लो केही समयदेखि डिप्रेशनको सिकार भएको र परिवारमा उक्त कुरा खुलेको छ।

अहिले उनी थेरापी गराईरहेकी छन्। उनी इन्सोम्रिया डिसआर्डरबाट पनि पीडित छन्। उनले कैयौँ रातहरु नसुतेर नै बिताएकी छन्। पछिल्लो समय आलियाकी दिदी शाहिनले ठुलो स्ट्रगल गरिरहेकी छन्। शाहिनले यो बीचमा एउटा आर्टिकल लेखिन् जुन अहिले भाईरल भएको छ। उनले लेखेकी छन् म १२ १३ वर्षको उमेरमा आत्माहत्या गर्न चाहन्थेँ।

शाहिनले आफ्नो आर्टिकलमा आफुले एक पटक नभई पटक पटक आत्माहत्या गर्न खोजेको तर नसकेको बताएकी छन्। असन्तोष र पिडाले भरिएको जीवन जिउँन मन नभएको अनुभव म सँग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *