रिया चक्रवर्तीले सीबीआइका जाँच अधिकारीमाथि नै उत्पीडनको आरोप लगाएपछि…

डिसी नेपाल
१३ भदौ २०७७ १४:०९

मुम्बइ। सुशान्त सिंह राजपुतको मृत्युको विषयमा जाँच गर्न गठित सीबीआइ टिमका अधिकारीहरुले रिया चक्रवर्तीसँग सोधपुछ गरेका छन् । शुक्रबार पहिलो दिन नै रियाले सीबीआइ टिमसँग आफ्नो उत्पीडन गरिएको बताएकी थिइन् । यसको जवाफमा सीबीआइ अधिकारीले पनि उनलाई उत्पीडन नै गर्ने चाहना भएको भए सोधपुछको लागि पनि उनलाई पटना बोलाइने बताएका थिए ।

सीबीआइ सूत्रको हवाला दिँदै भारतीय मिडियाले लेखेअनुसार सीबीआइले रियासँग शुक्रबार करिब १० घण्टा सोधपुछ गरेको थियो । सोधपुछको क्रममा रियाले आफूलाई उत्पीडित गरिएको बताएकी थिइन् । यसको जवाफमा एक अधिकारीले जवाफ दिए ‘यदि हामीले तपाइँलाई उत्पीडन नै गर्नु थियो भने सोधपुछको लागि पटना बोलाउन सक्थ्यौं । तर हामीलाई थाहा छ त्यहाँ तपाइँ सुरक्षित हुनुहुने छैन । यही कारण हामी यहाँ आएर तपाइँसँग सोधपुछ गरिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.