बेँसीशहर–चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामकरण गर्न माग

डिसी नेपाल
१४ भदौ २०७७ १६:४३
4
Shares

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ–मनाङ जिल्ला जोड्ने ६५ किलोमिटरको बेँसीशहर–चामे सडकको नाम ‘राष्ट्रकवि मार्ग’ राख्न एक कार्यक्रमका सहभागीले माग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुनमा पुस्तुन बाहुनडाँडा घिमिरे समाजद्वारा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औंँ दिनका पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सो माग गरिएको हो ।

पुस्तुनमा जन्मी राष्ट्रिय–अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित घिमिरेका नामबाट बेँसीशहर–चामे सडकको नाम राख्न सकेमा उहाँको योगदान र जन्मथलोप्रति सम्मान जनाइएको छ ।

पुस्तुन बाहुँनडाँडा–घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरे, सोही गाउँपािलका वडा नम्बर ६ का वडाध्यक्ष लीलाप्रसाद घले, घिमिरे समाजका संस्थापक अध्यक्ष भक्तबहादुर घिमिरे, राष्ट्रकवि माधवप्रसाद घिमिरे उद्यान निर्माण समितिका अध्यक्ष चन्द्रकान्त घिमिरे, बाघेता युनाइटेड क्लबका अध्यक्ष विष्णु गुरुङलगायत समाजसेवी, जनप्रतिनिधि, स्थानीयवासीलगायतले सो माग गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मनाङ तथा लमजुङका जनप्रतिनिधि र सरोकार निकायसँंग सल्लाह र समन्वय गरी सोका लागि पहल गरिने बताए ।

कार्यक्रममा राष्ट्रकविको तस्वीरमा सहभागीले फूल, अबीर र माला अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । विक्रम संवत् १९७६ असोज ७ गते हालको मस्र्याङ्दी गाउँपालिका बाहुनडाँडास्थित पुस्तुनमा जन्मनुभएका उनको यही भदौ २ गते काठमाडौँ लैनचौरस्थित आफ्नै निवासमा १०१ वर्षका उमेरमा निधन भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *