जुनसुकै एटीएमबाट रकम निकाले पनि शुल्क नलाग्ने
काठमाडौं। बैंकका ग्राहकहरुले जुनसुकै बैंकको एटीएम काउन्टरबाट पैसा निकाले पनि सेवा शुल्क नलाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम प्रयोगमा शुल्क नलिन निर्देशन दिएको हो।
एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोग कर्तासँग कुनै शुल्क लिन नपाइने राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७७ मा व्यवस्था गरिएको छ।
यसअघि बैंक तथा वित्तीय संस्थाले लकडाउन अवधिमा एटीएम सेवा, इन्टरनेट, मोबाइल बैंकिङ लगायत विद्युतीय कारोबार निशुल्क गरेका थिए।
सरकारले गत साउन ६ गतेदेखि लकडाउन खुल्ला गरेसँगै बैंक तथा वित्तीय संस्थाले पुनः शुल्क लिन थालेका थिए।
निर्देशनमा कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिनअगावै सोको सूचना ग्राहकलाई दिनुपर्ने तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्ने उल्लेख छ।
यसैगरी एटीएम रहेको स्थानमा कारोबार सम्बन्धमा तत्काल कुनै जानकारी/सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था गरिएको छ।







डिसी नेपाल








Facebook Comment