एक हजार डलर पुरस्कारको भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता हुने

डिसी नेपाल
१५ भदौ २०७७ २०:२८

काठमाडौं। हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलर पुरस्कारको ‘भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता’ आयोजना गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०७७ मङ्सिर मसान्तसम्म तोकिएको संयोजक राधेश्याम लेकालीले जानकारी दिएका छन्।

अमेरिकामा बसोबास गर्दै आएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको ब्यवस्था गरेका हुन्। यसअघि पनि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ। यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ।

प्रतियोगिताको लागि सूचनाः

यस हेम सरिता पाठक फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराइन्छ ।
गीतको विषय सन्दर्भ :
भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यसप्रकार छन्ः

१ आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।

२ गीत रेकर्ड गरेको हुनुपर्नेछ ।

३ कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुनेछन् ।

४ एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन् । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।

५ गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

६ प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।

७ प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८ गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ।

९ पुरस्कार नगद १००० अमेरिकी डलर (प्रमाणपत्रसहित) हुनेछ।

१० यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

सम्पर्क : Email : hemsaritapathak@gmail.com Phone No : 9851059354

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *