जुम्लामा थपिए कैदीबन्दीसहित ३९ कोरोना सङ्क्रमित

डिसी नेपाल
१७ भदौ २०७७ ९:२९

जुम्ला। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ। समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो। जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए।

त्यसैगरी, तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना सङ्क्रमण देखिएको हो। थप ३९ सहित सक्रिय सङ्क्रमितको सङ्ख्या जुम्लामा ८७ पुगेको छ । डा रावलले भने, “धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले यहाँको सदरमुकाम खलङ्गा उच्च जोखिममा रहेको छ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन्। जुम्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या १४१ पुगेको छ।रासस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *