शेयर बजार २५ अंकले बढ्यो, सवा ४ अर्वको कारोबार
काठमाडौं। कोरोना महामारी र निषेधाज्ञाका कारण अर्थतन्त्र धरासायी भइरहेका बेला शेयर बजार भने लगातार उकालो लागिरहेको छ। बुधबार पनि शेयर बजार २५ अंकले बढेको छ भने कारोबार रकम पनि उच्च भएको छ।
शेयर बजार मापन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार २५.५८ अंकले बढेर १५१०.५७ अंकमा पुगेको छ। बुधबार दिन १८६ कम्पनीका ९६ लाख ८६ हजार कित्ता शेयर कारोबारबाट ४ अर्व १८ करोड रुपैयाँ बराबरको किन बेच भएको छ।
सरकारले अघिल्लो पटक लकडाउन घोषणा गरेको अवधिमा शेयर बजार बन्द गरिएको थियो। यसपटक निषेधाज्ञाको अवधिमा पनि बजार नियमित रुपमा संचालन भइरहेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न बन्देज गरेकाले लगानी कर्ताहरुले अनलाईनमार्फत शेयर किनबेच गरिरहेका छन्। निषेधाज्ञाका कारण अन्यआर्थिक क्रियाकलाप ठप्प भएकाले शेयर बजारमा लगानी बढि कारोबार उच्च भएको अनुमान गरिएको छ। यसैगरी बैंकिङ प्रणालीमा तरलता उच्च भई व्याजदर घट्दा बजार उकालो लागेको हो।
बुधबार बढेको बजारमा जीवन र निर्जीवनबीमा कम्पनीको परिसूचक मात्र ओरालो लागेको छ। यसदिन निर्जीवन बीमा १२५.८९, जीवन बीमा ८८.६८ अंकले घट्दा बैंकिङ १९.७८ व्यापार १५.८४, होटल १.०२, विकास बैंक २६.४५, जलविद्युत ९४.२२, फाइनान्स ७.७५, उत्पादन मुलक ३१.४२, अन्य ३७.११, लघुवित्त १७.२८, म्युचुअल फण्ड ०.०८ अंकले घटेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment