गगन थापा भन्छन्- प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक छैनन्

डिसी नेपाल
२६ भदौ २०८३ १५:३८

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्।

शुक्रबार गिरिजाप्रसाद इराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको आरोप लगाएका हुन्।

उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको बताए।

उनले २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै नै रहेको बताउँदै त्यति बेलाको सरकारको नीतिका कारण नै अहिले नेपाल खुला अर्थतन्त्रमा रहेको र निजी क्षेत्रको विकास भएको बताए बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *