कोरोना पोजेटिभको रिपोर्ट नलिई मलेसिया जान खोज्ने ताइवानी नागरिक टीआईएबाट फिर्ता
काठमाडौं। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मालिन्दो एअरमाफर्त मलेसिया जान खोज्ने एक ताइवानी नागरिक फिर्ता गरिएका छन्।
विमानस्थलमा चेकजाँचका क्रममा ३७ वर्षीय ताइवानी पुरुषले कोरोना परीक्षणको रिपोर्ट नदेखाएपछि थप सोधपुछ गर्दा उनी कोरोना पोजेटिभसमेत रहेको खुलेको त्रिभुवन विमानस्थल हेल्थ डेक्सका गोपाल पाण्डेले जानकारी दिए।
उनले डिसी नेपालसँग भने, ‘मालिन्दो एअरबाट मलेसिया जाने यात्रुको चेकजाँच गर्नेक्रममा ताइवानी नागरिकले पीसीआर परीक्षणका लागि काटेको बिल देखाए तर रिपोर्ट देखाएनन्। उनले पीसीआरका लागि स्वाब दिएको वीर अस्पतालमा बुझ्दा उनको रिपोर्ट पोजेटिभ आएको पाइयो।’
कोरोना नेगेटिभको रिपोर्ट नभएसम्मम जान नपाइने स्वास्थ्य मापदण्ड भएकाले उनलाई फिर्ता गरिएको पाण्डेले बताए। उनको रिपोर्टबारे जानकारी भएपछि तत्काल सशस्त्र प्रहरीको बलुम्बुस्थित अस्पतालमा पठाइएको जनाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment