ललितपुरका प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘कोरोनाका कारण मच्छिन्द्रनाथको रथयात्रा रोक्छौं’

डिसी नेपाल
१८ भदौ २०७७ १५:२६

काठमाडौं। ललितपुरमा मच्छिन्द्रनाथको तान्न गएका युवाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरे पनि युवाहरुले रथ तान्न भिड गरेपछि बल प्रयोग गर्नु परेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए।

प्रजिअ भट्टले कोरोनाको महामारी फैलिइ रहेका बेला रथ तान्दा भिड हुने र संक्रमण बढ्ने भएकाले रोक्न आवश्यक रहेको बताए। उनले भने, ‘यस्तो बेलामा सबै आफै सजक हुनु पर्नेमा रथ तान्न आएर भिड गरेको भएका कारण भिँड तितर वितर पार्न बल प्रयोग भयो। अहिले भिड हटेको छ।’

उनले परिस्थिति सामान्य नहुने बेलासम्म यस्ता भिड हुने काम गर्न नपाइने र नदिइने बताएका छन्। प्रजिअ भट्टले भने, ‘कोरोना कहर कम हनुने बेलासम्म यस्ता खालका गतिविधि गर्नु गराउनु हुँदैन। हामी मच्छिन्द्रनाथको रथ तान्नेकाम राक्छौं। यस्तोबेला रोक्नु नै पर्छ। फेरि भिड गर्न आएमा कारवाही पनि हुन्छ।’

गुठी संस्थान र मच्छिन्द्रनाथसँग सरोकार राख्ने समुदायलाई पनि जानकारी समेत नदिएर युवाहरुले रथ तानेको उनको भनाइ छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *