संजय दत्तकी पत्नी मान्यताको फोटो भन्दा ‘क्याप्सन’ हिट !
मुम्बइ। बलिउड अभिनेता संजय दत्त अहिले कठिन परिस्थितिसँग गुज्रिरहेका छन् । क्यान्सरसँग जुधिरहेका संजयको लागि करोडौं फ्यानहरुले प्रार्थना गरिरहेका छन् । यही बीचमा संजयकी पत्नी मान्यताले इन्स्टागाममा एउटा फोटो शेयर गरेकी छिन् । रोचक त के भने मान्यताको यो फोटो भन्दा फोटोको क्याप्सन धेरै चर्चाको विषय बनेको छ । पो पोस्ट निकै छिटो भाइरल भइरहेको छ ।

फोटोको क्याप्सनमा मान्यताले लेखेकी छिन् ‘कहिलेकाहीँ तपाइँ केवल चुप रहनु पर्छ किनकि कुनै पनि शब्द यो बुझ्न सक्दैन कि तपाइँको मन र मस्तिस्कमा के चलिरहेको छ ।’ क्याप्सनको साथमा मान्यताले #positivity #riseandshine #challenging yet #beautifullife #thankyougod ह्याशट्याग प्रयोग गरेकी छिन् । हालै संजय क्यान्सर पीडित भएको खुलासा भएपछि मान्यताले एउटा पोस्ट शेयर गरेकी थिइन् । पोस्टमा उनले संजयका फ्यानहरुलाई कुनै पनि हल्ला वा गलत खबरमा विश्वास नगर्न र यस्तै गरी सहयोग जारी राख्न अपिल गरेकी थिइन् ।







डिसी नेपाल








Facebook Comment