बुटलवमा कोरोना सङ्क्रमित पुरूषको मृत्यु, रूपन्देहीमा मृत्यु हुनेकाे संख्या १२ पुग्याे
सांकेतिक तस्वीर
बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शुक्रबार मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। रुपन्देहीमा यससँगै कोरोनाबाट मृत्यु हुने १२ जना पुगेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment